काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु १ लाख ५१ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ५२ हजार ४ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १ हजार ८१५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु १ हजार ८५० निर्धारण भएको छ । रासस




Comments are closed.