लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त भएको छ ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने रु.२२ करोड ५० लाख रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य १ सय दरमा सर्वसाधारणमा निष्काशन गर्नको लागि गत भदौ ९ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिलाई लघु जीवन बीमा सेवा पु¥याउने लक्ष्य लिई यस लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स कम्पनी मिति २०८० भदौ १ गतेमा लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरी मिति २०८० पुस ६ गतेगते देखि औपचारिक रुपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।

सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

You might also like

Comments are closed.