पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने

पोखरा । पोखरामा नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ । होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यही असोज ३० गतेदेखी कात्तिक ३ गतेसम्म कार्यक्रम हुन लागेको हो ।

पूर्ण योगामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको हालै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो । महोत्सवमा ५० विदेशी सहित कूल १७० जना सहभागी हुने अपेक्षा लिइएको छ ।

महोत्सवमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त योग विज्ञको जमघट हुने र उनीहरुबाट विभिन्न विधामा योगा कक्षाहरु पनि सञ्चालन गरिनेछ । महोत्सव अवधिभर विश्वस्तरीय योग प्रस्तुतकर्ताहरु गुरु अन्तरयोगी चैतन्य केन्द्रका प्रकाश थापा ग्रामीनोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वल रत्न बज्राचार्य जस्ता विशेषज्ञबाट योग र ध्यानको कार्यशालाहरु रहनेछन् भने ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत हुनेछन् ।

कार्यक्रममा सहभागिताका लागि नेपाली नागरिकलाई दिनको ३ हजार रुपैयाँ र विदेशीलाई ५ हजार ५ सय शुल्क तोकिएको छ । महोत्सव अवधिभर ४ दिन सहभागी हुनेका लागि थप आकर्षक प्याकेजको पनि व्यवस्था गरिएको छ । यस महोत्सवको ट्राभल पार्टनर यती एयरलाइन्स रहेको छ ।

jutta mela


पत्रकार सम्मेलनमा होटल संघ नेपालका महासचिव एवम् कार्यक्रमका सभापति साजन शाक्यले नेपालमा योगाकै लागि भनेर ठूलो संख्यामा विदेशी पर्यटक आउने गरेको स्मरण गराए । नेपाल चिनाउन र योगाप्रेमीलाई नेपालमा आकर्षित गर्न कार्यक्रम सहयोगी हुने उनले विश्वास व्यक्त गरे ।

पूर्ण योगाकी संस्थापक लता तुलाचनले सामाजमा सकारात्मक भावको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताइन् । मानिसको शारीरिक र मानसिक स्वास्थ्यको लागि योगको भूमिका हुने बताउँदै उनले स्वास्थ्यमा गरिने लगानी सबैभन्दा ठूलो लगानी रहेको बताउँछिन् । हरियो र सफा नेपाल नारामा समेत कार्यक्रमले जोड दिएको बताउँदै उनले कूल १६ जना प्रशिक्षक कार्यक्रममा भाग लिन आइपुग्ने जानकारी दिइन् ।

संस्थाका अर्का संस्थापक मनोहर श्रेष्ठले नेपालमा योगा सम्बन्धी नीति र कानूनको आवश्यकता रहेको औंल्याए । पोखरा र समग्र नेपाललाई योगाको गन्तव्य बनाउने उद्धेश्य कार्यक्रमले लिएको उनले बताए । नेपालमा योगाको विकासको लागि सरकार सहयोगी बन्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुली, संघका गण्डकी प्रदेश अध्यक्ष हरिप्रसाद शर्मा गैहे« र पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पनि आफ्ना धारणा राखेका छन् ।

You might also like

Comments are closed.