बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक वितरण

पोखरा । पोखरा महानगर बक्सिङ संघले बक्सिङ प्रशिक्षार्थीहरुलाई खेल पोशाक वितरण गरेको छ । संघले पोखरामा सोमबार नेपालीको महान् चाड बडादशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रमका बीच उनीहरुलाई खेल पोशाक वितरण गरेको हो ।

संघले सञ्चालन गरेको आधारभुत बक्सिङ प्रशिक्षणमा सहभागि पोखराका विभिन्न विद्यालयका ६३ जना प्रशिक्षार्थीलाई पोखराको नयाँ बजारस्थित भि.ए. डब्लयू. का प्रवन्ध निर्देशक सरोज श्रेष्ठले प्रायोजन गरेको झण्डै ४५ हजार रुपैयाँ बराबरको पोशाक ५२ जना प्रशिक्षार्थी खेलाडीलाई वितरण गरिएको संघका सचिव बुद्ध गुभाजुले जानकारी दिए । त्यसमा अपुग रकम आफुलेपनि थपथाप गरेको उनले बताए ।

उनीहरुलाई पोखरा महानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष प्रकाशमान उदाश, नेपाल बक्सिङ संघ गण्डकी प्रदेशका अध्यक्ष विद्याप्रसाद मर्सानी, भि.ए.डब्लयू. इन्टरप्राइजेजका प्रवन्ध निर्देशक सरोज श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यवहाक अध्यक्ष सुरज श्रेष्ठ लगायतले पोशाक वितरण गरेका हुन् ।

कार्यक्रममा पोखरा– ३ का वडाध्यक्ष प्रकाशमान उदासले संघले बक्सिङ प्रशिक्षण वडा नम्वर ३ बाट शुरुवात गरेको प्रति आभार व्यक्त गरे । उनले यस प्रशिक्षणले राष्ट्रियदेखि अन्तराष्ट्रिय प्रतियोगितासम्म सहभागिता जनाउन पाउने मौका मिल्ने हुँदा मिनेहेतलाई खेर जान नदिने गरि सिकाईलाई निरन्तरता दिन आग्रह गरे ।

jutta mela

उनले भने, ‘संघले हाम्रै वडाबाट बक्सिङ प्रशिक्षण शुरुवात गरेको छ । यसले खेलाडीलाई राष्ट्रियदेखि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भई आफ्नो खेल कैशल प्रर्दशन गर्न पाउने मौका मिल्ने हुँदा मिहिनेतलाई खेर जान नदिने गरि खेल्न आग्रह छ ।’ उनले सिमित श्रोत साधनका विचपनि यसको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल बक्सिङ संघ गण्डकी प्रदेशका अध्यक्ष विद्याप्रसाद मर्सानीले महानगर बक्सिङले शुरु गरेको आधारभुत प्रशिक्षणले विद्यार्थी र उनीहरुका अभिभावकलाई बुझ्ने मौका मिलेको र खेलाडीलाई सक्षम हुन समेत सहयोग पुगेको बताएका छन् । कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठले खेलले मानिसलाई अनुशासित बन्न सहयोग पुर्याउने बताए ।

कार्यक्रममा नेपाल क्यूकोसिन कराँते संघ कास्कीका पूर्व अध्यक्ष ज्ञानेन्द्र माकाजु, बालमन्दिर मा.वि. नदिपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त कतिला, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यवहाक अध्यक्ष सुरज श्रेष्ठ लगायतले खेल क्षेत्रमा लागेकाहरु तुलनात्मक रुपमा अनुशासिशत, व्यहारिक हुने हुँदा खेलसँगै शैक्षिक सिकाईलाई पनि समेटेर अगाडी बढ्न आग्रह गर्दै राष्ट्रलाई चिनाउने गरि खेल क्षेत्रमा लाग्न शुभकामना व्यक्त गरेका छन् ।

सो अवसरमा वडा नम्वर ३ को तर्फबाट बक्सिङ प्रशिक्षणका लागि आवश्यक खेल सामाग्रीहरु वडाध्यक्ष उदासले संघका कार्यवहाक अध्यक्ष दीलिप श्रेष्ठलाई हस्तान्त्रण गरेका हुन् । संघले पोखराका विभिन्न विद्यालयका ५२ बढी विद्यार्थीलाई विगत ३ महिनादेखि बक्सिङ सम्बन्धी आधारभुत प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ । संघका कार्यवहाक अध्यक्ष दीलिप श्रेष्ठ ‘दोषी’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बुद्ध गुभाजुले गरेका हुन् ।

You might also like

Comments are closed.