रामपुर (पाल्पा) । चौथो रामपुर महोत्सव तथा व्यापार मेला २०८१ को तयारी सन्दर्भमा जनप्रतिनिधि, सुरक्षा निकाय राजनीति दल, पत्रकार, पदाधिकारी बीच समीक्षा बैठक बसेको छ ।
रामपुर उद्योग बाणिज्य संघको आयोजनामा यही आउँदो माघ १५ गतेदेखि २७ गतेसम्म हुने रामपुर महोत्सव तथा व्यापार मेलाका बारेमा सरोकारवालाई तयारीबारे जानकारी दिइएको छ । संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको अध्यक्षतामा बैठक बसेको हो । अध्यक्ष ढकालले महोत्सवको लागि ३२ वटा विभिन्न तयारी उपसमिति गठन गरी आफ्नो जिम्मेवारी अनुसारको तयारी भइरहेको जानकारी दिएका छन् ।
बैठकमा अर्थ उद्योग तथा पर्यटन विकास समिति अध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले रामपुरको विकास र पहिचान बढाउन रामपुर महोत्सवले महत्वपूर्ण टेवा पु¥याउँदै आएको बताए । रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले मेला महोत्सव भनेको मनोरञ्जन र आम्दानी मात्र नभई यसले समग्र रामपुर क्षेत्रको विकासमा सघाउ पुग्ने बताएका छन् ।
बैठकमा नगर उपप्रमुख बालकुमारी थापा, नगर प्रवक्ता तथा वडाध्यक्ष कपिलबहादुर खाँण, रामपुर ३ का वडाध्यक्ष दामोदर पाठक, ५ वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, ७ का वडाध्यक्ष दोवराज तिवारी, नेपाली कांग्रेस नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले नगर उपाध्यक्ष अशोक श्रेष्ठ, सल्लाहकार फणेश्वर गौतम, कानुनी सल्लाहकार लेखनाथ शर्मा मरासिनी, हुमनाथ न्यौपाने, कमलराज भट्टराई लगायतले बोल्दै महोत्सव तयारी सम्बन्धमा आफ्ना सुझाव राखेका छन् ।
प्रचारप्रसार उपसमिति संयोजक बासुदेव ढकाल, कृषि उपसमिति संयोजक सूर्यप्रसाद रेग्मी, खेलकुद उपसमिति संयोजक कमल राना, साँस्कृतिक उपसमिति दिपक केसीले हालसम्मको तयारीको प्रगतिबारे जानकारी गराएका छन् । बैठकमा इलाका प्रहरी कार्यालयका प्रमुख रामबहादुर नेपालीले शान्ति सुरक्षा तयारी सन्दर्भमा आफ्ना भनाइ राखेका छन् । संघका वाणिज्य उपाध्यक्ष बिष्णुबहादुर सारूले स्वागत गरेको बैठकको सञ्चालन महासचिव पुरूषोत्तम केसीले गरेका हुन् ।
Comments are closed.