चाबहिल जुत्ता चप्पल व्यापार मेला जारी

काठमाडौं । काठमाडौंको चाबहिलमा जुत्ता चप्पल व्यापार मेला लागेको छ । चाबाहिलको चुच्चेपाटीमा मेला सञ्चालन भइरहेको छ ।

मेलामा ग्राहकले आफूलाई आवश्यक पर्ने विभिन्न कम्पनीका जुत्ता, चप्पल खरिद गरिरहेका छन् । यहाँ सुपथ मूल्यमा गुणस्तरीय खालका जुत्ता, चप्पल पाइने भएकाले ग्राहकको आकर्षण बढीरहेको व्यवसायी बताउँछन् ।

अहिले जाडोको समय भएकाले मेलामा धेरैजसो ग्राहकले जाडो मौसममा लगाउने जुत्ता, चप्पल खरिद गर्ने गरेको व्यवसायी दिवाकर गिरी बताउँछन् । ग्राहकको सुबिधालाई मध्यनजर गर्दै सुलभ मुल्यमा राम्रा खालका जुत्ता, चप्पल मेलामा राखिएका छन् ।

You might also like

Comments are closed.