गण्डकी । पर्यटकीय राजधानी पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा अघिल्लो वर्षको तुलनामा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२३ मा सार्क राष्ट्रबाहेकका कुल १९ हजार ११९ विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेकामा सन् २०२४ मा २२ हजार ४७० ले अवलोकन गरेका छन् ।
सङ्ग्रहालयमा पर्वतीय पर्यटनका विविध पक्षलाई जीवन्त रुपमा चित्रण गर्ने किसिमका सामग्री राखिएको कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन् । उनका अनुुसार सङ्ग्रहालयमा आउने पर्यटकमध्ये विदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु ७५० टिकट दस्तुर निर्धारण गरिएको छ ।
त्यस्तै, सार्क राष्ट्रका नागरिकका लागि रु ३५०, स्वदेशी अन्य सर्वसाधारणका लागि रु १५० र विद्यार्थीका लागि रु ८० टिकट दस्तुर निर्धारण गरिएको छ । सङ्ग्रहालयमा स्वदेशी एवं विदेशी पर्यटकको आगमन बढ्दो क्रममा रहेको उनले जानकारी दिए । सन् २०२४ मा स्वदेशी एवं
विदेशी पर्यटक गरी कुल ९५ हजार ८६२ जनाले सङ्ग्रहालयको अवलोकन गरेको उनी बताउँछन् ।
हिमाल र हिमाली जीवनका विभिन्न गतिविधिलाई नियाल्न सकिने सङ्ग्रहालयमा त्यस क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्था आदिबारे जानकारी लिने व्यवस्था मिलाइएको छ ।
Comments are closed.