रामपुर (पाल्पा) । रामपुर नगरपालिका १० स्थित मगरेमा भिमादेवी कोतघर मन्दिर शिलन्यास गरिएको छ । रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा उपप्रमुख बालकुमारी थापाले मन्दिर शिलन्यास गरेकी हुन् ।
उपप्रमुख थापाले धार्मिक महत्वका सम्पदाको संरक्षण तथा प्रवद्र्धनका लागि नगरपालिका प्रतिवद्ध रहेको बताइन् । धार्मिक सम्पदाको संरक्षणले धर्मको मात्र संरक्षण नभई यसले संस्कारयुक्त समाज निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनी बताउँछिन् ।
धर्मले अनुशासन र नैतिकता सिकाउने भएकाले सुसंस्कृत समाज निर्माणका लागि धार्मिक महत्व बोकेका क्षेत्र र सम्पदाको संरक्षण गर्न आवश्यक रहेको उपप्रमुख थापाले बताइन् । वडा नं.१० का वडाध्यक्ष तोयानाथ सारु थापाले कोटघरको संरक्षण र निरन्तरताका लागि स्थानीयले सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
वडा कार्यालयको २ लाख ५० हजार, चन्दादाताको सहयोग र जनश्रमदानमा मन्दिर निर्माण गरिने समितिले जनाएको छ । मन्दिर निर्माण समितका अध्यक्ष विष्णुबहादुर कुँवरको अध्यक्षतामा भएको काकार्यक्रमको स्वागत विनोद कुँवर र सञ्चालन चित्र कुँवरले गरेका हुन् ।
Comments are closed.