स्कोडा नेपालले ल्यायो बेजोड फाइनान्सिङ योजनाः ६.९९ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्सिङ

काठमाडौं । स्कोडा नेपालले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभवलाई अझै बढी पहुँचयोग्य बनाउन एक नवीन फाइनान्सिङ योजना घोषणा गरेको छ । स्कोडा नेपालले इन्टरनल कम्बसिबल इन्जिन सवारी साधन खण्डमा पहिलो पटक वार्षिक ६.९९ प्रतिशतको अविश्वसनीय एवम् आकर्षक ब्याजदरमा सवारी साधनलाई ८० प्रतिशतसम्म फाइनान्सिङ प्रदान गर्दैछ ।

यो पहलले अटोमोबाइल बजारमा किफायतीपनलाई पुनः परिभाषित गर्दै ग्राहकलाई विद्युतीय सवारी साधनको जस्तै स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । यो फाइनान्सिङ योजना प्रायः ग्राहकहरूलाई प्रिमियम सवारी साधनको स्वामित्व लिनबाट रोक्ने उच्च अग्रिम लागतहरूलाई सम्बोधन गर्न सुरु गरिएको हो ।

स्कोडा नेपालले अतुलनीय विलासिता, सुरक्षा र विश्वसनीयताको लागि परिचित स्कोडा सवारी साधनको आनन्द लिनका लागि वित्तीय अवरोधहरू कम गरेर ठूलो संख्याका ग्राहकलाई सशक्त बनाउन लागेको बताइएको छ । यो अफरले राजमार्गको आरामदायी यात्रा होस् वा ड्राइभिङको प्रिमियम अनुभव लिन खोज्ने हुन्, धेरै ग्राहकको सपनालाई वास्तविकता बनाउने छ ।

सम्भावित ग्राहकलाई अति अनुकूल हुने सर्तहरूमा स्कोडा गाडीको स्वामित्व लिन पाउने यो विशेष अवसरको छिटो फाइदा उठाउन आव्हान गरिन्छ । यस अफरको बारेमा थप जान्न चाहने ग्राहकलाई नेपालभरका स्कोडा शोरूममा भ्रमण गर्न आमन्त्रित गरिएको छ । शोरुममा फाइनान्सिङ विकल्पको बारेमा विस्तृत जानकारी प्रदान गर्न र स्कोडा सवारी साधनको दायरा प्रदर्शन गर्न जानकार प्रतिनिधिहरू उपस्थित हुनेछन् जसले गर्दा प्रत्येक ग्राहकले आफ्नो आवश्यकता अनुसारको विकल्प रोज्न सक्नेछन् ।

नेपालमा ईभीहरूले निरन्तर रूपमा आकर्षण प्राप्त गरिरहँदा स्कोडा नेपालको यस फाइनान्सिङ योजनाले सबैका लागि समान अवसर निर्माण गर्ने निश्चित छ । ग्राहकले अब स्कोडा आईसीई सवारी साधनको अतुलनीय सुविधाहरू र ईभीसँग सम्बन्धित किफायतीपन दुवैको आनन्द लिन सक्छन् । यो पहल विकसित बजारमा मूल्य र नवीनता प्रदान गर्ने स्कोडाको प्रतिबद्धताको प्रमाण हो ।

स्कोडा नेपालका एक्जूटिव डायरेक्टरर सीईओ रौनक अग्रवालले भने, “हाम्रा ग्राहक विलासिता, सुरक्षा र विश्वसनीयताको सन्दर्भमा उत्कृष्ट सवारी साधनको हकदार हुनुहुन्छ र हामी उहाँहरूलाई त्यसका लागि सजिलो बनाइरहेका छौं, यो योजनाले सवारी साधनहरू मात्र नभई समाधानहरू पनि अफर गर्ने हाम्रो समर्पणलाई प्रतिबिम्बित गर्दछ ।”

स्कोडा विश्वव्यापी रूपमा मान्यता प्राप्त एक अटोमोटिभ ब्रान्ड हो, जसमा नवीनता, इन्जिनियरिङ उत्कृष्टता र ग्राहक सन्तुष्टिको समृद्ध विरासत रहेको छ । प्रिमियम गुणस्तर, उत्कृष्ट प्रदर्शन र उन्नत सुरक्षा सुविधाका लागि परिचित स्कोडाले निरन्तर रूपमा अटोमोटिभ संसारमा नयाँ बेन्चमार्क स्थापित गरिराखेको छ । यस फाइनान्सिङ योजनाका साथ स्कोडा नेपालले नेपाली अटोमोटिभ बजारको एक अग्रणीको रूपमा आफ्नो स्थिति अझै बलियो बनाएको छ ।

You might also like

Comments are closed.