सुन तोलाको १ लाख ६९ हजार ६ सय

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १ लाख ६९ हजार ६ सय तोकिएको छ ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु १ लाख ६८ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला रु १ हजार ४ सयले बढेको हो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु १ हजार ९७५ तोकिएको छ ।

आइतबार सोही परिमाण चाँदी रु १ हजार ९६० मा कारोबार भएको थियो । नेपालमा सुन तथा चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ८७९ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.