महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं बार्षिक साधारणसभा अनमोल क्याटरिङ सर्भिस शंखमुल, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष तारा कुँवरको अध्यक्षतामा साधारण सभा भएको हो ।

साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको अनुसुचिहरु उपर छलफल गरी पारित गर्ने र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने सामान्य प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले नियमावलीको नियम ३२ (ग) मा शंसोधन गर्ने र यस वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त संस्थालाई गाभ्ने/गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि संस्थाले चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङकन गर्न मान्यता प्राप्त मूल्याङकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने बिशेष प्रस्ताव पनि पारित गरेको छ ।

सभामा शेयरधनीले उठाएको प्रश्नमाथि संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले जवाफ दिदै भोलीका दिनमा शेयरधनीलाई उच्च प्रतिफल दिने गरी कम्पनीका सञ्चालक र व्यवस्थापन अघि बढेको बताएका छन् । सभाका प्रमुख अथिति तुलसी थापाले महिला अधिकार तथा विकास केन्द्र र महिला लघुवित्त वित्तीय संस्था एक आपसमा सहकार्य गरी भोलीका दिनमा संस्थालाई अगाडि बढाउन सुझाव दिइएकी छिन् । सांसद जुलीकुमारी महतोले संस्थाको उन्नती र प्रगति कामनासहित शुभकामना व्यक्त गरेकी थिइन् ।

You might also like

Comments are closed.