नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा आप्पा शेर्पा

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा अप्पा शेर्पा चयन भएका छन् ।

कार्यसमितिमा अभिमन्यु गोल्छा ‘इमिडियट पास्ट प्रेसिडेन्ट’का रूपमा रहनेछन् भने अनुभव श्रेष्ठ पहिलो उपाध्यक्ष र सन्दीप शर्मा दोस्रो उपाध्यक्षमा चयन भएको जनाइएको छ ।

कार्यसमिति सदस्यमा इच्छ्या मल्ल, निखिल अग्रवाल, निर्देश द्वा, सन्तोष पाण्डे, सौरभ श्रेष्ठ, सुरक्षा अधिकारी, वेदिका मुरारका, अमृताञ्जली शाक्य, आङ छेछी शेर्पा, अश्लेशा कार्की, सायन प्रजापति रहेका छन् ।

च्याप्टर को–अर्डिनेटरका रूपमा अश्मिता घिमिरेले जिम्मेवारी सम्हाल्नेछिन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.