प्रेमकुमार श्रेष्ठलाई उत्कृष्ट करदाता सम्मान

चितवन । भरतपुर महानगरपालिकाले १७ औँ नगर सभाको अवसरमा असल करदाता, निर्माण व्यवसायी, कर्मचारी तथा खेलाडीलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा घर बहालतर्फ सबैभन्दा बढी कर तिर्ने भरतपुर महानगरपालिका–३ का प्रेमकुमार श्रेष्ठ, व्यवसाय करतर्फ भरतपुर–१ का रामनारायण श्रेष्ठ र वित्तीय संस्थातर्फ सिद्धार्थ बैंक भरतपुर–३ लाई सम्मान गरेको हो । यस्तै उत्कृष्ट काम गर्ने निर्माण व्यवसायी सप्तगण्डकी विल्डर्स भरतपुर–९ का उमानन्द कँडेललाई सम्मान गरिएको छ ।

यस्तै महानगरमा उत्कृष्ट कार्य सम्पादन गर्ने ८ जना कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरिएको छ भने आठौँ दक्षिण एसियाली कराँते प्रतियोगिता प्रथम स्थान प्राप्त गर्ने खेलाडी भरतपुर–१० की प्रजिश्मा श्रेष्ठलाई नगदसहित सम्मान गरिएको महानगरपालिकाले जनाएको छ ।

You might also like

Comments are closed.