‘भ्रष्टाचार समाप्त पारौं, देश बचाऔं’

 

पोखरा । हाम्रो परिवर्तन नेपालले भ्रष्टाचारको विरोध गदै बजार परिक्रममा गरेको छ । भष्ट्राचार विरुद्ध लेखिएको टिर्सट लगाएर पोखरा मानवअधिकार चोकबाट पोखरा न्युरोड, सभागृह, पृथ्वीचोक नयाँबजार, महेन्द्रपुल हुुँदै मानवअधिकार चोकमा गएर बजार परिक्रममा कार्याक्रम सकिएको थियो ।

‘भ्रष्टाचार हटाऔं, देशलाई बचाऔं र भ्रष्टाचारीको बिरोध गरौं,’ परिवर्तन नेपालको मुलभुत आधार नै भ्रष्टाचारको अन्त्य हो , भ्रष्टाचार र भ्रष्टाचारीलाई बाइ बाइ, सन्तुलन नेपाल हाइ हाइ, देशको सम्मन गर्नु नै भ्रष्टचारीको अन्त्य गर्नु हो, लगायतका नारा लेखेको प्ले कार्ड बोकेर बजार परिक्रमा गरेका थिए ।

हाम्रो परिवर्तन नेपालका संयोजक डाक्टर ढाका कुुमार श्रेष्ठले अव नेपालीले भष्ट्राचारको विरुद्धमा संस्थाको कदम शुरु भएको बताए । हाम्रो परिवर्तन नेपालका सचिव हरि कार्कीले भष्ट्राचारको विरुद्धमा नबोलेमा देशमा बिकास नहुने बताए ।

गण्डकी प्रदेशमा रहेका विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तीहरुको आवद्धता रहेको सामाजिक संस्था हो परिवर्तन नेपाल ।  स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, न्यायलय, सामान्य प्रशासन, तथा विभिन्न क्षेत्रमा आफुलाई दक्ष बनाउँदै गण्डकी प्रदेशमा स्थापित   व्यक्तीहरु यसमा आवद्ध छन् । समाजबाट प्राप्त ज्ञान सिप समाजलाई नै कुनै न कुनै माध्यमबाट दिने गरि आफ्ना गतिविधी संचालन गर्ने क्रममा  कार्यक्रम गरिएको हो ।

आगामी कार्यक्रम फरक प्रकृतिका हुने र त्यसमा नेपाली समाजले प्रत्यक्ष उपभोग गर्न सक्ने गरि कार्यक्रम तयार गरिएको  सचिव हरि कार्कीले जानकारी दिए ।

You might also like

Comments are closed.