स्वयंसेवाका माध्यमबाट जीवनवृत्ति’

काठमाडौं । विश्वजगत् कोरोना महामारीबाट आक्रान्त भइरहेका बेला एड्भान्स्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टले संयुक्त राष्ट्रसङ्घीय स्वयंसेवी नियोगसँगको सहकार्यमा भर्चुअल अन्तरसञ्जाल सम्मेलन आयोजना गरी अनुभव आदानप्रदान गराएको छ ।

‘स्वयंसेवाका माध्यमबाट जीवनवृत्ति’ विषयक सो सम्मेलनमा संयुक्त राष्ट्रसङ्घीय स्वयंसेवी नियोग, थाइल्यान्डका क्षेत्रीय प्रबन्धक विज्ञ डिमित्री फ्राइस्चिनले लामो जीवनयात्रा निर्धारण गर्न स्वयंसेवाले कसरी सहयोग गर्छ भन्ने विषयमा प्रस्तुतीकरण गरेकी थिइन् । पिस क्रप्स नेपालका कार्यवाहक राष्ट्रिय निर्देशक म्याट टुल्लीले स्वयंसेवाको महत्वबारे आफूहरुले अमेरिकी नागरिकलाई समेत सिकाइको अवसर हुने गरी नेपाललाई कसरी योगदान गरिरहेको छ भन्ने विषयमा बताएका थिए ।

एड्भान्स्ड कलेजका अध्यक्ष रमेशकुमार सिलवालले स्वयंसेवाका क्षेत्रमा युवावर्गलाई प्रोत्साहन गर्दै फ्राइस्चिन र टुल्लीले व्यक्त गरेको चासो, समर्पण तथा प्रदान गरेको समयप्रति कृतज्ञता व्यक्त गर्दै यस किसिमका अवसरले उद्यमशीलता तथा सीपमूलक शिक्षालाई प्रबर्द्धन  गर्ने पनि बताए । सो कलेजका कार्यकारी निर्देशक कपिलेदेव रेग्मीले सम्मेलनले युवावर्गलाई स्वयंसेवाप्रति प्रोत्साहन गर्नाका साथै यस किसिमका सार्थक क्रियाकलापमार्फत उनीहरूको जीवनवृत्तिलाई प्रबर्द्धन  गर्ने जनाए ।

jutta mela

एड्भान्स्ड कलेजले प्रयोगशालामा सञ्चालन हुने अनुसन्धानमा आधारित नवीन प्रकृतिका प्रत्यक्ष परियोजनाका माध्यमबाट बहुआयामिक विद्यार्थीकेन्द्रित क्रियाकलापलाई विस्तृतीकरण गर्दै आएको छ । त्यस किसिमका समुदायमा आधारित प्रयोगशाला देशका विभिन्न भागमा सञ्चालन गर्ने संस्थाको योजना रहेको छ । सम्मेलनको सञ्चालन एड्भान्सड कलेजको रिसर्च एन्ड इनोभेसन एकाइकी सदस्य तथा नेपालकी प्रसिद्ध युवा वैज्ञानिक डा. प्रतिभा पाण्डेले गरेकी थिइन् ।

You might also like

Comments are closed.