पोखरामा अंगरक्षक तथा महिला हिंसा कानुनी सचेतना तालिम सुरु

पोखरा । गुरु फिजिकल ट्रेनिङ सेन्टरको आयोजना, पोखरा महानगपालिका र पोखरा ३२ वडा कार्यायलयको सहयोगमा अंगरक्षक तालिम तथा कानुनी सचेतना कार्याक्रम सुरु भएको छ । पोखरा ३२ राजाको चौतारामा रहेको बह्मारुपा माध्यमीक विद्यालयका विद्यार्थीलाई एक हप्ते तालिम दिइने भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नव निर्वाचित संघिय संसद् डाक्टर ढाकाकुमार श्रेष्ठले युवालाई कानुनी ज्ञानको कमी आएको भन्दै यस्ता कार्यक्रमले सकरात्मक प्रभाव पार्ने बताएका छन् । श्रेष्ठले अहिले युवा सबै विदेश पलायन भएको कारण देशमा विकासले गति लिन नसेको बताए । रोजागरीको व्यवस्था गरेर युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक जनआर्जन सुवेदीले कार्यक्रमको सफलतको शुभकामना दिँदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

त्यस्तै, ढोडबेसी युवा क्लबका अध्यक्ष घनश्याम धमला, चौतारी युवा क्लबका अध्यक्ष सुर्य पौडेलले युवालाई खेलकुदमा जोड्नु पर्ने भन्दै समाजमा अंगरक्षा तालिम र कानुनी सचेतनाको खाँचो रहेको औंल्याए । गुरु फिजिकल ट्रेनिङ सेन्टरका संचालक सुरेशराज अधिकारीले विद्यार्थीले कार्यक्रममा सिकेको सिप र ज्ञान समाजमा बाड्नुपर्ने बताए ।

उनले अहिलेको समयमा समाजमा कानुनी चेतनाको खाँचो रहेको बताए । विद्यार्थीको माध्यमबाट समाजमा सबै मानिसमा यो ज्ञान फैलाउनुपर्ने बताए । तालिम कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई दिइने छ।

You might also like

Comments are closed.