काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वाणिज्य बैंकसहित पाँच कम्पनीको बोनस सेयरलाई नेप्सेमा सूचीकृत गरेको छ ।
सेन्चुरी कर्मशियल बैंक, प्रभु बैंक, आईसीएफसी फाइनान्स, आधिँखोला लघुवित्त वित्तीय संस्था र फष्ट माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आइतबार बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत पाँच वटै कम्पनीको बोनस सेयर, सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
सेन्चुरी कर्मशियल बैंकको पनि ४५ लाख ३८ हजार १०६.८७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । प्रभु बैंकको ८२ लाख ६० हजार ६५७.७१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
आधिँखोला लघुवित्त वित्तीय संस्थाको ३ लाख ५७ हजार कित्ता र फष्ट माक्रोफाइनान्स लघुवित्तको १८ लाख ३२ हजार ५३५.५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै, आईसीएफसी फाइनान्सको ५ लाख ६३ हजार ५५८ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।
उक्त ५ कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
Comments are closed.