विद्युतीय सवारी करमा शतप्रतिशत छुट

 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नेपाल सरकारको निर्णयानुसार मासिक रु २० हजार लिटरसम्म खानेपानी खपत गर्ने सेवाग्राहीलाई खानेपानी शुल्क मिनाहा गर्ने नीति लिएको छ ।

नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सवारी करमा शत प्रतिशत छुट दिइने उल्लेख छ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने भनिएको छ ।

त्यसैगरी नेपाल सरकार, प्रदेश सरकार र काठमाडौं उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा सडक सुरक्षा कार्ययोजना तर्जुमा गरी सडक प्रयोगकर्ताहरूलाई सडक सुरक्षा मापदण्डले निर्दिष्ट गरेका उपायको अवलम्बन गर्न भनिएको छ ।
। रासस

footwear exchange
You might also like

Comments are closed.