काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो कपडा वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको हो ।
कोशी प्रदेशको उदयपुरमा रहेको श्री आधारभुत विद्यालय सिवाई बेल्हा, श्री माध्यमिक विद्यालय कालिखोला, मधेश प्रदेशको सिरहाको श्री जनता आधारभुत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो कपडा स्वीटर वितरण कार्य भएको छ । विद्यालयको पोशाक अनुसार विद्यालयमा अध्ययनरत गरिव, जेहेन्दार, विपन्न विद्यार्थीलाई ३१० थान स्वीटर वितरण गरिएको बैंकले जनाएको छ ।
यस बैंकले सातै प्रदेशमा सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक क्षेत्रमा विभिन्न रचनात्मक कार्यहरु गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका अन्य काममा समेत स्थानीय निकायसंग सहकार्य गर्दै काम गरिरहेको बैंकले जनाएको छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पु¥याउने उद्धेश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १२७ शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावलाई सेवा प्रदान गरिरहेको छ ।






Comments are closed.