काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किशोरकुमार महर्जनको अध्यक्षतामा साधारण सभा भएको हो ।
अध्यक्ष महर्जनले प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७८÷७९ मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे जानकारी दिएका छन् । उनले चालु आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाबारे प्रस्तुुत गरेका छन् ।
वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाको जवाफ दिदै अध्यक्ष महर्जनले संस्था अपेक्षित रुपले अगाडी बढीरहेको र यो आफ्नो अन्तिम कार्यकाल रहेको हुँदा यसै साधारण सभाबाट आफू संस्थाको अध्यक्षबाट निवृत्त हुन लागेको जानकारी दिँदै उनले आफ्नो कार्यकालमा बसाइएको जगलाई आगामी सञ्चालक समितिले अझ बलियो बनाउनेमा विश्वस्त रहेको धारणा व्यक्त गरे ।
साधारण सभाले आर्थिक वर्ष २०७८÷७९को वित्तीय अवस्थाको विवरण, नाफा÷नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७९÷८०का निम्ति बाह्य लेखापरीक्षकका रुपमा रन्जीव एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले आगामी चार वर्षका निम्ति ६ सदस्यीय सञ्चालक समितिको निर्विरोध चयन गरेको छ । जसमा लक्ष्मीप्रसाद महर्जन, शम्भुुलाल डंगोल, सविना महर्जन, प्रज्ज्वलकुमार दाहाल, राजभाई डंगोल र अनिश महर्जन रहेका छन् ।
वित्तीय संस्थाले हाल २२ वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना सेवा प्रवाह गरिरहेको छ । साथै संस्थाले चालु आर्थिक वर्षमा पनि व्यवसाय तथा कार्यक्षेत्र विस्तार गर्ने क्रममा थप शाखा तथा एक्सटेन्सन काउन्टर स्थापना गरी प्रविधिमा आधारित आधुनिक वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको प्रमुख सूचना अधिकारी प्रमोद भट्टराईले बताए ।






Comments are closed.