काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड शाखा कार्यालय डुम्रे तनहुँले सत्यवतीदेवी आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा नै पुुगेर शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।
बैंकका डुम्रेका शाखा प्रमुख बलराम लम्सालले प्रधानाध्यापक ईश्वरबहादुर देवकोटालाई सो सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा विद्यार्र्थी, शिक्षक तथा स्थानीयवासी, बैंकका कर्मचारीको सहभागीतामा शैक्षिक तथा खेलकुदका सामग्री हस्तान्तरण गरिएको हो । आगामी दिनमा पनि सामाजिक तथा शैक्षिक क्षेत्रसंगको सहकार्यमा विभिन्न कार्यलाई निरन्तर रुपमा अगाडी बढाउने बैंकले जनाएको छ ।






Comments are closed.