गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको न्यूरोड शाखा धर्मपथमा स्थानान्तरण

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले का.म.न.पा २२ पशुपति प्लाजा स्थित न्यूरोडमा रहेको शाखाले बिहीबारदेखि कार्यालय स्थानान्तरण गरि का.म.न.पा २३ धर्मपथ काठमाडौबाट वित्तीय कारोवार संचालन गरेको छ । स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयको समुद्घाटन संस्थाका अध्यक्ष युवराज भण्डारीले गरेका थिए ।

उक्त समारोहमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, एशियन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, सहायक महाप्रवन्धक अर्चना प्रधान, मुख्य प्रवन्धक शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रवन्धक शिवराज भण्डारी तथ शाखा प्रमुख अनिता न्यौपानेका साथै अन्य कर्मचारी र ग्राहकहरुको उपस्थिति रहेको थियो ।

पुल्चोक ललितपुरमा केन्द्रीय कायालय रहेको यस वित्तीय संस्थाले हाल मुलुकभर २३ वटा शाखा र ४ वटा विस्तारित काउन्टरहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ए.टि.एम. सेवा, मोवाइल बैकिङ सेवा ज्रस्ता आधुनिक बैंकिङ सेवाहरु प्रदन गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

You might also like

Comments are closed.

Secret Link