महिलालाई खाजा बनाउने सीप तथा आयमूलक तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा महिलाहरूका लागि भएको खाजाका परिकार बनाउने सिपमूलक तथा आयमूलक पाँचदिवसीय तालिम सम्पन्न भएको छ ।

वडा नं ६ वडा समितिको कार्यालयको सहयोगमा “खाजाको परिकारहरू तथा आय मूलक” कार्यक्रम जनजाति, अल्पसंख्यक उत्पीडित, मुस्लिम, दलित र न्युन आय भएका बेरोजगार तथा गृहिणीलाई लक्षित गरी सञ्चालन गरिएको हो ।

६० जना महिलाको सहभागिता रहेको तालिममा ६ समूह बनाइ प्रशिक्षण दिइएको वडा कार्यालयले जनाएको छ । किङ्गस इन्टरनेशन कलेज प्रा.लि पोखरा शाखाले सहजिकरण गरेको तालिममा सहभागीलाई मःम, चाउमिन, समोसा निम्कीन, रसबरी र तन्दुरी रोटी बनाउन सिकाइएको छ ।

समापन समारोह कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे । तालिमबाट सिकेको ज्ञानबाट लाभ लिन सकेमात्र तालिमको औचित्ययता पूरा हुने भएको बताउदै उनले तालिमले बेरोजगारी समस्या न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका संयोजक तथा वडा सदस्य शोभा जलारीले जीवन भनेको सिकाई र भोगाई हो, जसले सिक्छ उसले अवश्य कमाउने बताइन् । आर्थिक उर्पाजनका लागि जीवनकाल उत्तरार्धसम्म पनि सिक्न र सिकाउन छोड्न नहुने उनी बताउँछिन् ।

पोखरा महानगर पालिका वडा नं– ६ का वडा सदस्य बासु बरालले तालिममा सिकेको सीपबाट लाभ लिन सकेमात्रै तालिमको औचित्य पुरा हुने बताउँदै, सिकाइलाई प्रभावकारी बनाउन जोड दिए ।

कार्यक्रममा वडा सदस्य दिपेन्द्र पहारी, वडा सचिव रामबहादुर खत्री, अर्मिता गुरुङ श्रेष्ठ, प्रशिक्षक ओमप्रसाद गुरुङ, बिनु गुरुङ, प्रशिक्षार्थीहरु रमा लामिछाने, भागीरथी थापा, दुर्गा थापा, सुनिता परियार, विष्णुमाया परियार लामिछाने र भगवती वाँनिया लगायतले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न जोड दिएका छन् ।

You might also like

Comments are closed.