अन्तर सदस्यीय फुटसल प्रतियोगिता २०८१ सम्पन्न

काठमाडौं । चितवन अटोमोवाईल्स एसोसिएसनका अन्तर सदस्यीय फुटसल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । खेल चार समूहमा भएको हो ।

जम्मा चार खेलमध्ये म्याक्सोल ल्युवले स्पोन्सर गरेको टिम प्रथम, सियट टायरले स्पोन्सर गरेको टिम द्वितीय, लिभगार्ड व्याट्रिले स्पोन्सर गरेको टिम तृत्तीय र सान्त्वना वालमेरल ल्युवले स्पोन्सर गरेको टिम भएको छ । प्रथम, द्वितीय, तृत्तीय र सान्त्वना हुने टिमलाई पुरस्कार क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र ३ हजार साथमा कप प्रदान गरिएको छ ।

पुरस्कार वितरण तथा समापन कार्यक्रमका प्रमुख अतिथि नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी, नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, अटोमेकानिकल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सादिक सेखले टुर्नामेनको उत्कृष्ट खेलाडी दिपेश पिया, गोल्डेन वल विजेता अभिशेक पिया तथा फेयर प्लेयर अफ दि टुर्नामेन्ट विकास तिमिल्सिनालाई नगद २ हजार र साथमा कपले सम्मान गरिएको कार्यक्रम संयोजक कार्यसमिति सदस्य दिपक प्रसाद कंडेलले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव मोहन के सि र उपाध्यक्ष राजेन्द्र भट्टराईले धन्यवाद दिएका हुन् । संस्थाका अध्यक्ष कुलबहादुर क्षेत्रीको अध्यक्षतामा खेल भएको हो ।

 

You might also like

Comments are closed.