काठमाडौंका २ विद्यालयबाट बाबा परियोजना सुरु

काठमाडौं । एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले काठमाडौंको भित्री क्षेत्रका दुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना औपचारिक रुपमा सुरु गरेको छ ।

काठमाडौं महानगरपालिका, शहरी योजना आयोग र विद्यालयका प्रतिनिधिकोे उपस्थितिमा एक प्रारम्भिक कार्यशालाको आयोजना गरेर कार्यक्रमको उद्घाटन गरिएको हो । काठमाडौं महानगरपालिकाले यस परियोजनाद्वारा यहाँका सरकारी शैक्षिक संस्थालाई थप प्रभावकारी बनाउने र शिक्षाको गुणस्तर बढाउने परिकल्पना गरेको छ ।

परियोजनामा सहभागी विद्यार्थीलाई फोहोर व्यवस्थापन, रिसाइक्लिङ्ग, पुनः प्रयोग, अप साइकलिङ्ग, र फोहोरको वर्गीकरण जस्ता विविध विषयको ज्ञान प्रदान गरिनेछ । उनीहरुलाई वातावरणीय समस्याहरु, वातावरण संरक्षणमा हाम्रो जिम्मेवारी जस्ता ज्ञान प्रदान गर्नु नै परियोजनाको मूख्य उद्देश्य हो ।

कार्यशालामा एकिकृत शहरी विकास केन्द्रका कार्यकारी निर्देशक, नविन विकास महर्जनले बाबा परियोजनाबारे जानकारी दिए । परियोजनाकी संयोजक समिक्षा भट्टराईले कार्यक्रमको उद्देश्य, कार्यविधि, गतिविधि र अपेक्षित नतिजाको बारेमा चर्चा गरिन् । परियोजनालाई काठमाडौं वडा नं २२ मा रहेको हिमालय मावि र वडा नं १२ मा रहेको महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा पूरक कार्यक्रमका रूपमा राखिएको छ ।

शहरी योजना आयोग (शिक्षा) का शैलेन्द्र झालेले पहिले बाबा कार्यक्रमलाई काठमाडौंको वातावरण व्यवस्थापन विभागको कम्युनिटी मोबिलाइजेसन युनिट अर्थात सीएमयूद्वारा परिचालन र कार्यान्वयन गरिएको बताए ।

You might also like

Comments are closed.