एन आई सी एशिया लघुवित्तको गण्डकी प्रदेश अन्तर्गतका शाखाको अर्धवार्षिक समिक्षा सम्पन्न

पोखरा । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ गते बिहीबार गण्डकी प्रदेश अन्तर्गतका २७ शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको थियो । उक्त कार्यक्रम मा बोल्दै संस्थाका संचालक समिती का अध्यक्ष सुवर्ण ढकालले कर्मचारीहरुले सकारात्मक सोचले संस्थाले लिएको लक्ष्यलाई जिम्मेवारीपूर्ण निभाई अघि बढ्न उत्प्रेरित गरे ।

बिहीबार गण्डकी प्रदेशमा सम्पन्न कार्यक्रममा संस्थाका संचालक समिति अध्यक्ष सुवर्ण ढकालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, गण्डकी प्रदेशका ओभरसाइट अफिसर अनित जंग पाण्डे, गण्डकी प्रदेशका प्रदेश प्रमुख, उप प्रदेश प्रमुख तथा सर्पोट अफिसर लगायत २७ शाखाका शाखा प्रबन्धक हरु कोे उपस्थिती रहेको थियो ।

You might also like

Comments are closed.

Secret Link