एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकको प्रतिपत्र कार्यान्वयन

 

काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र एनएमबि बैंकले कार्यान्वयन गरेको छ । उक्त प्रावधान अनुरुप अब एकै पटक वा पटक पटक गरी बार्षिक US डलर ५०० सम्म वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड मार्फत अनलाइन कारोवार गर्न सकिने जनाइएको छ ।

एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित खाता खोली विदेशबाट पाइने सुविधाहरु जस्तै अनलाइन प्रवाह हुने सेवाहरु (भारतमा बाहेक) जस्तै नेटफ्लिक्स, सपिङ, शिक्षा लगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसायलाई आफैले भुक्तान गरी तत्कालै प्रवद्र्धन गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको देशभरीका १८० शाखाहरुमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरु साथै देशभरीका १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

You might also like

Comments are closed.