आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा एनएमबि बैंकलाई ४ अर्बभन्दा बढी खुद नाफा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (Q4) को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पहिलोपटक खुद नाफा रु. ४ अर्बको कोसेढुङ्गा पार गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ ।

अघिल्लो वर्षको रु.२.८५ अर्बको तुलनामा ४०.६ प्रतिशतले वृद्धि भई रु. ४.०१ अर्ब पुगेको छ । वितरणयोग्य नाफास् कुल वितरणयोग्य नाफा रु. १.८७ अर्ब रहेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत कायम भएको छ ।

बैंकको खुद ब्याज आम्दानी ९ल्क्ष्क्ष्०स् प्रभावकारी वासलत व्यवस्थापनका कारण खुद ब्याज आम्दानी १७.५ प्रतशतले बढेर रु. ९.४२ अर्ब पुगेको छ ।शुल्क तथा कमिसन आम्दानीस् डिजिटल र ट्रान्ज्याक्सन बैंकिङमा भएको वृद्धिसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर रु. २.८३ अर्ब पुगेको बैंकले जनाएको छ ।

ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण ट्रेडिङ आम्दानी ८९.० प्रतिशतले वृद्धि भई रु.६८१.४२ मिलियन पुगेको छ ।
पुँजी प्रतिफल र सम्पत्ति प्रतिफलमा सुधार भई क्रमश० ११.५८ प्रतिशत र १.०४ प्रतिशत रहेको बताइएको छ ।

You might also like

Comments are closed.