पहिरो पिडीतलाई सहयोग

 

लेखनाथ ।

पोखरा महानगरपालिका वडा नं २६ को पैतेडाडाँ पहिरो पिडीतलाई कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल राष्ट्रिय समिति स्पेनले आर्थीक सहयोग गरेको छ ।

jutta mela

गत असार २६ गते अविरल वर्षासगै आएको पहिरोमा परि ज्यान गुमाएका दुर्गा बहादुर वि.क का छोराछोरीको शिक्षा दिक्षामा सहयोग पुग्ने गरि समितिले शुक्रबार एक कार्यक्रमका बिच नगद २५ हजार रुपैयाँ आर्थीक सहयोग गरेको हो ।

सहयोगी निकायका प्रतिनिधीको उपस्थितीमा पोखरा महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष नारायण प्रसाद वरालले स्वर्गीय वि.क की श्रीमती बिमला विकलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष बरालले पहिरो पिडीतका समस्या प्रति आफुहरु जिम्मेवारीपुर्वक प्रदेश र संघिय सरकार समक्ष आवाज उठाई रहेको जानकारी गराउदै ब्यवस्थीत वसोवासका लागि सुरक्षीत ठाँउको खोजी भईरहेको बताएका थिए ।

कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल राष्ट्रिय समितिका उपाध्यक्ष तिलकशाली सापकोटा,नेपाल च्याप्टरका संयोजक सोभाखर भण्डारी, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रतिनिधी शिव कुमार लामिछाने र पिडीत परिवारहरुको तर्फबाट गोबिन्द परियार लगायतले पहिरोका कारण विस्तावित ७२ घरधुरीहरुको परिवार विचल्लीमा परेको कुरा उठाउदै जति सक्दो चाडो पिडित परिवारलाई वसोवासको ब्यवस्था राज्यले गराईदिनु पर्ने माग राखेका थिए ।

You might also like

Comments are closed.