राजनीति वनाउनका लागि हो भत्काउनका लागि होईन : जि सी

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले राजनीति बनाउनका लागि हो भत्काउनका लागी नभएको बताएका छन् । नागरिक परोपकार समन्वय सस्था कास्कीले शववाहन खरिदका लागी सञ्चालन गरेको अर्थ संकलन अभियान अन्र्तगत सातौं श्रृङखलाको शनिबार पोखरा–२७ कोे तालचोकमा भएको कार्यक्रममा जिसीले यस्तो बताए ।

प्रजातान्त्रिक प्रक्रियामा चुनावका समयमा मात्र राजनिती हुनु पर्नेमा हाम्रो समाजमा जुन सुकै समयमा पनि राजनीति हुने गरेकाले विकास निर्माणका अभियान राम्रोसँग संचालन हुन नसकेको प्रशंग उठाउदै जिसीले अवका दिनमा राजनीति भन्दा माथी उठेर आगाडी वढ्न आग्रह गर्नु भएको हो ।

सोही अवसरमा जिसीले नागरीक परोपकार समन्वय सस्थाले शवबाहान खरिदका लागि जुन योजना बनाएको छ यसमा माहानगरपालिकाले अभिभावको भुमिका निभाउने प्रतिवद्धता जाहेर गर्दै बैक तथा सहकारीहरुले छुट्एको सामाजीक सुरक्षा कोषको रकमलाई यस पुन्य काममा खर्च गर्न अनुरोध गरेका थिए ।

सोही कार्यक्रममा वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले सामाजिक संघ सस्थामा देखिएको राजनितीकरणले विकास निर्माणको क्षेत्रमा ठुलो असर पारेकाले आगामी दिनमा राजनिती भन्दा माथी उठेर अगाडी वढ्न सवैलाई अनुरोध गरेका थिए ।

शनिवार तालचोकमा राखिएको सातौं श्रृंखला अन्तरगतको कार्यक्रमबाट तीन लाख ७२ हजार सात सय ३७ रुपैंया संकलन भएको र अहिले सम्म करिव १८ लाख बरावरको आर्थीक सहयोग संकलन भईसकेको आर्थिक संयोजक उपेन्द्रराज सुबेदी (राजु)ले जानकारी दिए ।
कर्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरी, सस्थाका सल्लाहकार धुवनाथ अधिकारी लगाएतले विपतमा परेकालाई नाम अनुसारको पुण्य काम गरेर देखाउनु पर्नेमा जोड दिएका थिए ।

संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सस्थाका सचिब रामराज अधिकारिले र धन्यवाद ज्ञापन वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले गरेका थिए ।

You might also like

Comments are closed.