पोखरा । काठमाडौंको सतुङगलमा केन्द्रीय कार्यालय रहेको पिक्सल टचको शाखा कार्यालय पोखरामा सञ्चालनमा आएको छ । पिक्सल टचले पोखरामा आइतबारबाट सेवा सुरु गरेको छ । पोखरा शाखा कार्यालयको औपचारिक उद्घाटन छिट्टै हुने कम्पनीका प्रवन्ध निर्देशक सबिन अधिकारीले जानकारी दिए ।
कम्पनीको रिजनल म्यानेजरमा ई. हेमन्त शर्मा नियुक्त भएका छन् । उनले आइतबारबाटै कार्य सुरु गरेका छन् । कम्पनीले नेपालमा डिजिटल सम्बन्धी सम्पूर्ण काम गर्दै आइरहेको छ । डिजिटल बोर्ड, डिजिटल मार्केटिङ, भिडियो वाल डिस्प्ले, एलइडी डिस्प्ले लगायतका सेवा कम्पनीले प्रदान गर्छ । शिक्षा क्षेत्रका लागि प्रयोग हुने गरी स्मार्ट बोर्डको सेवा पनि कम्पनीले प्रदान गर्नेछ ।
सम्पूर्ण सेवा सुविधालाई अब डिजिटल प्रविधिमा अगाडि बढाउने उद्देश्य अनुसार कम्पनी सञ्चालनमा आएको अधिकारीले बताए । विश्वकै उत्कृष्ट ५ भित्र पर्न सफल युनिलुमिनको नेपालको आधिकारिक बिक्रेता पनि पिक्सल टच हो ।
‘नेपालमा पिक्सेल टच एलईडी डिस्प्ले एक डिजिटल प्रदर्शन र सहयोगी प्रदायक हो,’ प्रवन्ध निर्देशक अधिकारीले भने, ‘आउटडोर र इनडोर एलसीडी, एलईडी डिस्प्ले उत्पादनहरू, र कर्पोरेट बैठकहरूको लागि उच्च गुणस्तरको वेबक्याम, माइक एकीकरणको साथ स्पिकरहरूको सेवा पनि हामीले प्रदान गर्नेछौं ।’
![]()
पोखरामा पिक्सल टचको शाखा सञ्चालनमा आएपछि कास्कीसहित आसपासका क्षेत्रमा सेवा प्रदान गरिने रिजनल म्यानेजर शर्माले बताए । ‘हाम्रो कम्पनी डिजिटल प्रविधिको क्षेत्रमा अग्रणी छ,’ उनले भने, ‘यो क्षेत्रलाई डिजिटलाइन बनाउन हामीले योगदान पुर्याउनेछौं ।’








Comments are closed.