पोखरा । पोखरा फाइनान्स लिमिटेडले आफ्नो २७ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ । पोखरा ९ स्थित दरबारथोक बैक्वेट, बाँस्तोलाथरमा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक, शेयधनी तथा कर्मचारीहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आ.व. २०७९/८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका विवरणहरु सहित अन्य प्रस्तावहरु छलफल गरी स्वीकृत भएका छन् ।
संस्थाका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले गरेका थिए ।
साधारण सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट निर्विरोध रुपमा नियुक्त भएका नव नियुक्त सञ्चालकहरु कृष्ण बहादुर गुरुङ, अच्युत पौडेल र गंगा घलेलाई संस्थाका अध्यक्ष राज कुमार गुरुङले सञ्चालक पदको पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

सोही क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले आगामी दिनहरुमा वित्तीय संस्थाले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको जानकारी दिएका थिए । वित्तीय संस्थाका अध्यक्ष राजकुमार गुरुङले वित्तीय संस्थाको उत्तरोत्तर विकास, प्रगति र सफलताको यात्रामा निरन्तर राय सुझाव दिने सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।






Comments are closed.