‘राजनीति सेवा हो, पेसा होइन’

कास्की । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गरेका छन् ।

विसं २०७७ माघ देखि विसं २०७८ फागुन मसान्तसम्म उनले बैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधाबापत सरकारबाट प्राप्त भएको १३ लाख ६६ हजार ३ सय ६० रुपैयाँमा थप गरी कूल १४ लाख ८६ हजार ९ सय ७ रुपैयाँ सामाजिक कार्य र विकास निर्माणमा खर्च गरेको जानकारी दिए ।

नेपाल प्रेस युनियन कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिलाई आर्थिक उपार्जन गर्ने भन्दा पनि निस्वार्थ रुपमा जनताको सेवामा लगानुपर्दछ भनेर सरकारी सुविधा जनताको हितमा लगाएको बताए । उनले निर्वाचित हुनुअघिनै राज्यबाट पाउने सेवा सुविधा समाजको हितमा लगाउने जानकारी दिए ।

उनले भने,“ राजनीति मेरा लागि सेवा हो, पेसाका रुपमा लिएको छैन । व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन । राजनीतिमा लागेर आर्थिक उपार्जन गर्ने भन्दा पनि जनताको सेवा गर्नु मेरो ध्येय हो, निर्वाचित भएदेखिनै त्यसमा प्रतिबद्ध छु ।”

jutta mela

मन्त्री थापाले विसं २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखिनै सुविधाको रकम बिरामीको उपचार सहयोग, स्वास्थ्य सामग्री र दलित बस्तीमा खानेपानी लगायतका कार्यमा लगाएको छन् । वर्सेनि उनले आफूले पाएको रकम सार्वजनिक गर्दै समेत आएको छन् ।

उनले प्रदेशको समृद्धि र विकासका लागि सरकारको जिम्मेवार सदस्यका रुपमा प्रतिबद्ध रहेको समेत उल्लेख गरे । मन्त्री थापाले यसवर्ष पोखरा महानगरपालिका–८, ११, १६ र वडा नं ९(शान्तिघाट)मा सडकबत्ती, फोकस लाइटर खरिदका लागि रु एक लाख ४२ हजार ७ सय ५० खर्च गरेकाे छन् ।

यसैगरी वडा नं ११, १६, २०, २१, २४ र ३३ मा तारजाली र पाइप खरिदमा रु दुई लाख ५६ हजार, पोखरा वडा नं ८ र ९ विभिन्न टोल र स्थानमा सडक बत्तीका लागि र एक लाख २४ हजार, पोखरा–१६ तुम्के गल्र्याङमा खानेपानी पाइप सहयोगमा ६५ हजार रुपैयाँ, पोखरा–३३ को उपल्लोपूँडी, तल्लोपुँडी, आँपुकसेरी, चिसापानी लगायतका स्थानमा खेलकूद सामग्रीका लागि ६७ हजार ५ सय रुपैयाँ लगायतका अन्य संस्था तथा व्यक्तिलाई आर्थिक सहयोग गरिएको मन्त्री थापाले जानकारी दिए ।

उनी विसं २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट विजयी भएको हुन् ।

You might also like

Comments are closed.