नेशनल प्याब्सनको उपमहासचिवमा प्रल्हाद दाहालको उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को उपमहासचिवमा प्रल्हाद दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।

बाँकेको नेपालगञ्जमा फागुन २२ र २३ गते हुने राष्ट्रिय महाधिवेशनका लागि उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

jutta mela

बिगत २० वर्षदेखि नेशनल प्याब्सनमा निरन्तर आबद्ध भइ काम गर्दै आएका उनले एक कार्यकाल केन्द्रीय सचिव, एक कार्यकाल केन्द्रीय सदस्य र एक कार्यकाल काठमाडौं जिल्ला प्याब्सनमा रहेर काम गरिसकेका छन् ।

निजी विद्यालयहरुको हकहितका क्षेत्रमा काम गर्नेगरी आफूले उम्मेदवारी घोषणा गरेको दाहालले बताए ।

You might also like

Comments are closed.