नेशनल प्याब्सनको उपमहासचिवमा प्रकाश चन्द्र खड्काको उम्मेदवारी सार्वजनिक

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को उपमहासचिवमा प्रकाश चन्द्र खड्काले उम्मेदवारी दिने भएका छन् । नेपालगञ्जमा फागुन २२ र २३ गते हुने राष्ट्रिय महाधिवेशनका लागि उनले उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

नेशनल प्याब्सन काठमाडौं जिल्ला समिति हुँदै उनले यस अगाडि बागमती प्रदेशको उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

jutta mela

पाणिनी स्कुलका सञ्चालक उनी बिगत १७ वर्षदेखि शैक्षिक क्षेत्रमा निरन्तर क्रियाशील छन् ।

संस्थागत निजी विद्यालयहरुले भोग्नुपरेका समस्या समाधान तथा निजी विद्यालयहरुको हकहितका क्षेत्रमा काम गर्ने लक्ष्यसहित उनले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै मतदानका लागि सम्पूर्ण प्रतिनिधिहरुसँग अपिल गरेका छन् ।

You might also like

Comments are closed.