सवारीसाधनमा भाडादर नटाँसे कारवाही

बागलुङ । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ । तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारीसाधनलाई कारवाही गरिने समितिले जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ । समितिले सडकको अवस्था, यातायात व्यवसायीको लगानी र समस्या, उपभोक्ताको क्रमशक्ति आदिलाई मध्यनजर गरी साविककै भाडादर कायम गर्ने निर्णय गरेको समितिका सदस्य सचिव एवं यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारिसिङ्ग थापामगरले जानकारी दिए।

“सवारीसाधनमा भाडादर टाँस्नुपर्ने नियम पहिल्यै आएको भएपनि कार्यान्वयनमा आउन सकिरहेको थिएन, अब अनुगमन बढाउँछौँ”, उनले भने, “अनुगमनमा कमजोरी भेटिएमा कानूनअनुसार कारवाही हुन्छ ।” यातायात समिति र व्यवसायीलाई पनि राखेर भाडादरबारे उठेका गुनासा समाधानका लागि पहल र समन्वय गरिने प्रमुख थापामगरले बताए ।

jutta mela

समितिले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी सवारीसाधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न÷गराउनसमेत सरोकार भएका सबै पक्षलाई अनुरोध गरेको छ । यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक कार्यालयलगायतका सरोकार भएका निकाय मिलेर स्वास्थ्य मापदण्ड पालना भए÷नभएकोबारे अनुगमन गर्ने भएका छन् ।

You might also like

Comments are closed.