कोरोना कहरले चेपुवामा शैक्षिक परामर्श व्यवसाय

विश्वभर फैलिरहेको कोरोना महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोना संक्रमण सुरु भएसँगै नेपालमा २०७६ चैत ९ गतेबाट लागु गरिएको लकडाउन (बन्दाबन्दी)ले धेरै व्यापार व्यवसाय प्रभावित भयो । कोरोना कहर सुरु भएदेखि अहिलेसम्म प्रत्यक्ष मर्कामा पर्ने व्यावसायिक क्षेत्रहरु मध्ये शैक्षिक परामर्श क्षेत्र पनि प्रमुख हो । व्यवसायी मात्रै नभएर सम्बन्धित विद्यार्थी र अभिभावकलाई पनि यसले प्रत्यक्ष प्रभाव पारेको छ ।

विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीले सुरुवातमा सम्पर्क गर्ने ठाउँ हो एजुकेसन कन्सल्टेन्सी । पहिलो प्रकिया परामर्शदाताबाट परामर्श लिइन्छ । आई.एल. टि.एस., टोफेल, जि.आर.ई र जि.म्याट गरेको छ छैन बुझ्ने काम हुन्छ । गरेको छैन भने उक्त विषयमा ज्ञान र तालिम दिनुका साथै परीक्षामा उचित स्कोर ल्याउन सक्नेगरी दक्ष गराइन्छ । शिक्षा मन्त्रालय, अद्यागमन र पढ्न जान चाहने कलेजले तोकेको शैक्षिक योग्यता, मापदण्ड, पढाई र पढाई छोडेको अन्तर, आ.एल.टि.एस स्कोर, वित्तीय अवस्था मेल खाएपछि सम्बन्धित कागजपत्रको तयारी र भिजा आवेदन दिइन्छ । त्यसपश्चात अद्यागमनमा विद्यार्थीलाई केही समस्या नहोस् भनेर शिक्षा मन्त्रालयबाट एन.ओ.सी. उपलब्ध गराइन्छ । अहिले अंग्रेजी वर्ष २०२० को सुरुवाती अवस्थादेखि नै विद्यार्थी सम्वन्धित प्रकिया अगाडि बढाउनबाट बञ्चित छन् ।

चीनको वुहान सहरमा कोरोना भाइरस देखिए लगत्तै २०१९ अन्तिमबाटै धेरैजसो देशको अद्यागमन केन्द्र बन्द गराइएको थियो । यसको असरबाट नेपाल पनि उछुतो रहन सकेन । यसको असर कन्सल्टेन्सीलाई त पर्यो नै त्यो भन्दा धेरै असर भिजा लागिसकेको र कागजपत्रको तयारी अवस्थामा रहेका विद्यार्थीलाई परेको देखिन्छ । धेरै विद्यार्थी भिसा लागेर पनि उच्च शिक्षा अध्ययनका लागि विदेश जान सकेका छैनन् । कतिपय विद्यार्थी कागजात प्रकिया अगाडि बढाउँदा कोरोनाको बन्दाबन्दीले प्रकृया रोकिने बित्तिकै आफूले रोकेर राखेको ऋणको ब्याजले हैरानीमा छन् । उक्त रकम आफूले झिक्न नपाएपछि सम्वन्धित विद्यार्थीका अभिभावकहरु चिन्तित छन् । परिस्थिति कहिले सहज हुन्छ भन्ने बारेमा सञ्चालकहरु अनविज्ञ छन् । अद्यागमनबाट यस विषयमा केही जानकारी नआएको हुँदा विद्यार्थी तथा अभिभावकलाई उचित निर्देशन र जानकारी दिन सकिरहेका छैनन् । आई.एल.टि.एस, टोफेल प्रशिक्षण दिने प्रशिक्षकले अनलाइनबाट पढाउन सकिने भनिए पनि त्यति सहज भने देखिएको छैन ।

jutta mela

पुराना नामी संस्था बाहेक भर्खर स्थापना भएका संस्थालाई यस अवस्थामा घरभाडा तिर्न र दैनिक जीवनयापन गर्न पनि मुस्किल छ । कतिपय संस्था बिक्री तथा बन्द भइसके भने कति बन्द हुने स्थितिमा छन् । ऋणबाट व्यवसाय गरेका व्यवसायी अझै मर्कामा छन् । यता अब त कोरोना भाइरस संक्रमण महामारी सामान्य स्थितिमा आउला भनेर व्यवसाय नछोड्नेलाई पनि ऋणले च्यापेको च्यापै छ । यो महामारी एक वर्ष बित्नै लाग्दा यसले अहिलेसम्म पारेको असरले आगामी सहज दिनका सुरुवाती अवस्थामा पनि असर पर्नेमा दुईमत देखिदैन ।

देशमा विद्यमान कोरोना असर र देशकै सामाजिक र आर्थिक क्षेत्रको प्रभाव हेर्दा कुनै एक क्षेत्रमा देखिएको प्रभाव नगन्य नै देखिन्छ । अहिले यस स्थितिमा व्यापारको स्तर शून्य भएको स्थितिमा पुरै देशलाई नै विविध तवरले घाटा परेको छ । देशमा राजश्वको एक हिस्सा बोकेको यस क्षेत्रलाई आंशिक रुपमा सुरक्षाका मापदण्ड अपनाएर उक्त समस्याको हल गर्न सम्बन्धित सरकारी निकायबाट पहल हुनुपर्ने देखिएको छ ।

(लेखक शैक्षिक परामर्श व्यवसायी हुन्)

You might also like

Comments are closed.