समृद्धि फाइनान्सको सहयोगमा विपन्न विद्यार्थीलाई स्टेशनरी वितरण

काठमाडौं । समृद्धि फाइनान्सले औरही शाखाबाट स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुधवार औरहीको पिस जोन विद्यालयका १२५ जना विद्यार्थीलाइ कापी र कलम वितरण गरेकोे हो ।

मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमको सूचीमध्ये वनेपा र मधुवन शाखाबाट गत हप्ता स्टेशनरी वितरण कार्यक्रम अन्तर्गत विपन्न वर्गका ७० विद्यार्थीलाई कापी र कलम वितरण गरिसकेको फाइनान्सले जनाएको छ ।

jutta mela

बैशाख महिनाभित्र आफ्ना गैर, कसाह र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था यस समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।

 

You might also like

Comments are closed.