विगत ३९ वर्षदेखि विद्युतीय क्षेत्रमा योगदान पुराउँदै आएको राठी केबल उपभोक्ता माझ लोकप्रिय उत्पादन हो । राठीका उत्पादन लोकप्रिय हुुनुको मुख्य कारण यसको गुणस्तरीयता हो । राठीले स्थापना कालदेखि नै आफ्नो उत्पादनमा गुणस्तरलाई पहिलो प्राथमिकता दिँदै आएको छ ।
शतप्रतिशत तामा, शतप्रतिशत बटाई गरिएको, सुरक्षित र उच्च प्रतिरोधात्मक, आगो नलाग्ने र मुसाले नकाट्ने विशेषता राठीको केबलमा रहेको कम्पनीले जनाएको छ ।
राठीले हाउस वायरिङ केबुल, एफआरएलएसएच, पावर केबुल, इण्डष्ट्रियल एक्सएलपी पावर केबुल, एसीआर कण्डक्टर, एबीसी केबुल लगायतका केबलहरु उत्पादन गर्दै आइरहेको छ ।
राठीको उत्पादनमा गौरब गर्नुपर्ने विषय स्वदेशी उत्पादन पनि हो । यसको उत्पादक अन्नपुर्णा केबल्स इण्डस्ट्रिज प्रा.लि. हो । काठमाडौंको भृकुटीमण्डपमा ‘फीन इलेक्ट्रो टेक– २०२२’ जारी छ । मेलालाई राठीले मुख्य प्रायोजन गरेको छ ।









Comments are closed.