काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले रामनारायण अयोध्या उच्च माध्यमिक विद्यालय पिपरा महोत्तरीमा वित्तीय शिक्षा अभिबृद्धि तथा सचेतनामूलक कार्यक्रम गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई लक्षित गरी कार्यक्रम गरिएको हो
।
राष्ट्रिय वाणिज्य बैंक पिपरा शाखाका प्रमुख सन्तोषकुमार ठाकुर र शाखाका कर्मचारी भगवान् चौधरी तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण मण्डल, सहायक प्रधानाध्यापक सुजयकुमार राय लगायत विद्यार्थी, शिक्षक, कर्मचारी कार्यक्रममा सहभागी थिए ।
आरविवि मर्चेन्ट बैंकिङको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेल, बरिष्ठ प्रबन्धक अजय घिमिरे र अधिकृत रामनारायण तिवारीले कार्यक्रम सन्दर्भमा जानकारी दिएका हुन् । छलफलमा उठेका प्रश्नको जवाफ अजय घिमिरे तथा रामनारायण तिवारीले दिएका हुन् ।
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा आयोजित यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ । सहभागीले शेयर लगानी सम्बन्धी ज्ञान हासिल गरी लाभान्वित हुनेछन् भन्ने विश्वास गरिएको छ । आरविवि मर्चेन्ट बैंकिङ राष्ट्रिय वाणिज्य बैंकको शत् प्रतिशत लगानीमा स्थापित संस्था हो ।
Comments are closed.