होम अप्लायन्स खरिदका लागि रिलायन्सले कर्जा दिने 

काठमाडौं ।  रिलायन्स फाइनान्सले होम अप्लायन्स कर्जा  प्रदान गर्नको लागि अल्फा इनोभेसनसंग सम्झौता गरेको छ । सम्झौता अनुसार रिलायन्स फाइनान्सले  ग्राहकलाई उपभोक्ता कर्जा (Consumer Loan) अन्तर्गत Webor, Nexon, Changhong का होम अप्लायन्स खरिद गर्दा ऋण उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौता पत्रमाफाईनान्सका उप. कार्यकारी अधिकारी रमहरि आर्चय र  र अल्फा इनोभेसनको संचालक सतिश रमन शाहले  हस्ताक्षर गरेका छन् ।
कर्जा लिनको लागि अल्फा इनोभेसनको विभिन्न शाखाहरुमा गएर होम अप्लायन्स खरिद गर्दा आवश्यक पर्ने ऋण रकम सहज उपलब्ध गराउने फाइनान्सले जनाएको छ । त्यसैगरी, ग्राहकहरुले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटिएम कार्ड मार्फत भुक्तानी गर्दा पनि अल्फा इनोभेसनले नगद छुुट उपलब्ध गराउने भएको छ ।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि विभिन्न संस्थाहरु संग सहकार्य गर्दै ग्राहकहरुलाई यस्ता छुट तथा नवीन सुुविधा प्रदान गर्दै आईरहेको छ ।
You might also like

Comments are closed.