काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले काठमाडौंको बागबजारमा रहेको क्यापिटल हस्पिटल प्रा.लि सँग समझदारी गरेको छ ।
यस फाइनान्सका शेयर सदस्य, कर्मचारी तथा खातावालाले २०८० असार १२ गते देखि ०८३ असार ११ गतेसम्म समृद्धि मोबाइल बैकिङ र डेविड कार्ड प्रयोग गर्दा हस्पिटलमा स्वास्थ्य उपचार सेवाको उपभोग गरी भुक्तानी गर्दा भारी छुट पाउने समझदारी भएको छ ।
यस सुविधाबाट फाइनान्सका शेयर सदस्य, कर्मचारी तथा खातावाला प्रत्यक्ष लाभान्वित हुने फाइनान्सले विश्वास लिएको छ । सो समझदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत शुभाष श्रेष्ठ र हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक प्रो.डा अशोकरत्न बज्राचार्यले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।
फाइनान्सका शेयर सदस्य, कर्मचारी तथा खातावालाले क्यापिटल हस्पिटलबाट अर्थोपेडिक (अपरेशन/प्रक्रिया शुल्क), स्त्रीरोग (अपरेशन/प्रक्रिया शुल्क), सामान्य शल्यक्रिया (अपरेशन/प्रक्रिया शुल्क), फिजियोथेरापी, फार्मेसी, बेड चार्जमा १०/१० प्रतिशत, अल्ट्रा साउन्ड र प्रयोगशाला सेवामा (सबै उपलब्ध परीक्षणहरूको लागि) १५ प्रतिशत, एक्स–रे मा २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था यस समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।
Comments are closed.