काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीले सेवाग्राहीलाई मध्यनजर गर्दै बैंकको डाटा सुुरक्षा लगायतका विषयमा प्रतिज्ञा गरेका छन् ।
‘डाटा गोपनीयता दिवस’ को अवसर पारेर बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत रहने, कार्यस्थल तथा ग्राहकको सबै व्यक्तिगत तथा वित्तीय जानकारी सुरक्षित राख्न बैंकको गोपनीयता नीति तथा कार्यविधिको बारेमा अद्यावधिक रहने प्रतिज्ञा गरेका हुन् ।
प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककूमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख प्रविधि अधिकारी सूनन्द मल्होत्राका लगायतका पदाधिकारीको सहभागीतामा कर्मचारीलाई प्रतिज्ञा गराइएको छ ।
हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।






Comments are closed.