सांग्रिला भिलेज रिसोर्टले ल्यायो ‘स्प्रिङ स्पेसल प्याकेज’

पोखरा । समय-समयमा फरक फरक प्याकेज ल्याउँदै आइरहेको सांग्रिला भिलेज रिसोर्टले ‘स्प्रिङ स्पेसल प्याकेज’ ल्याएको छ । रिसोर्टले एक जोडीलाई २ रात ३ दिनको लागि १२ हजार ९ सय ९९ रुपैयाँको प्याकेज सार्वजनिक गरेको हो ।

यो प्याकेज बुक गरेर होटलमा आउँदा पर्यटकले धेरै सुविधा प्राप्त गर्नसक्ने रेसिडेन्ट म्यानेजर गुप्त गिरीले जानकारी दिए । ब्रेकफास्ट, लन्च अथवा डिनर प्याकेजमा समावेश गरिएको छ । खानामा २५ प्रतिशत र स्पामा २० प्रतिशत छुट प्रदान हुनेछ । सेन्चुरी गुर्मे बारमा ४० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । एयरपोर्ट वा बसपार्कसम्म इलेक्ट्रिक बसबाट पिकअप र ड्रपको सुविधा हुनेछ ।

यस अगाडि ल्याइएको ‘जाउँ है सांग्रिला प्याकेज’ र ‘फेमिली स्पेसल प्याकेज’लाई पनि रिसोर्टले निरन्तरता दिएको गिरीले जानकारी दिए । पोखरा क्षेत्रको उत्कृष्ट होटलमा पर्ने यो रिसोर्टमा प्रिमियम र सुपरडिलक्स गरी ६१ वटा रुम छन् ।

jutta mela

सांग्रिला भिलेज रिसोर्टमा पुग्ने पर्यटकलाई त्यहाँको सुन्दर, शान्त वातावरणले निकै आकर्षित गर्छ । २५ रोपनी जग्गामा बनेको सांग्रिला भिलेज रिसोर्टमा ५५ हजार स्वायर फिटमा आकर्षक बगैंचा छ । प्रत्येक रुमबाट हिमालयको सुन्दर दृश्यहरु अवलोकन गर्न सकिन्छ ।

र यो पनि,

सांग्रिला भिलेज रिसोर्टद्वारा वातावरणमैत्री गाडीबाट सेवा प्रदान

सांग्रिला भिलेज रिसोर्टद्वारा ‘सेन्चुरी गुर्मे बार’ पुनः सञ्चालनमा

पर्यटकको रोजाईमा परेको सांग्रिला भिलेज रिसोर्ट, यस्तो छ नयाँ प्याकेज

You might also like

Comments are closed.