प्रत्यक्ष निर्वाचन प्रणाली किन ?

श्रमिक जि.सी.

पोखरा । नेपाल अहिले संघीय गणतान्त्रिक मुलुक हो । जसमा प्रधानमन्त्री पद कार्यकारी पदको रुपमा रहेको संविधानमा उल्लेख गरिएको छ ।

सोअनुसार नै नेपालमा गणतन्त्रको स्थापना पश्चात प्रधानमन्त्री कार्यकारी नै रहेको भएपनि प्रधानमन्त्री छान्ने प्रक्रिया अपारदर्शी छ। अर्थात् प्रधानमन्त्री एउटा जिल्लाको पनि सानो एउटा भू-भागबाट अर्थात् क्षेत्रबाट मात्र छानिएर बाँकी ७७ वटा जिल्लाको सम्पूर्ण चुनावी क्षेत्रको प्रतिनिधित्व गर्न सकिने संविधानको आसय व्यवहारिक छैन, यसलाई बदल्न आवश्यक छ ।

jutta mela

एउटा सानो क्षेत्रबाट चुनिएर बाँकी ७७ वटै जिल्लाका सांसदहरुको मतलाई लिएर (सांसद खरिद बिक्री समेत गरिन्छ) सांसदमा बहुमत देखाएर प्रधानमन्त्री हुनु वास्तविक प्रजातन्त्र होइन्। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा हाल डडेल्धुरामा मात्रै केन्द्रित हुने कारण यही नै हो। वास्तविक प्रजातान्त्रिक मुलुकमा सम्पूर्ण जनताद्वारा ७७ जिल्लाको सबै चुनाव क्षेत्रको प्रतिनिधित्व हुने गरी मत लिएर प्रत्यक्ष चुनावी प्रक्रियाद्वारा प्रधानमन्त्री छानेमा सक्षम र जनउत्तरदायी प्रधानमन्त्री बन्न जानेछ । प्रत्यक्ष निर्वाचन प्रणाली बढी प्रजातान्त्रिक र व्यवहारिक प्रणाली हो ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा No Vote, Right to reject  Right to recall थप गरेर संघीय गणतान्त्रिक मुलुकलाई झन् समृद्ध बनाउन नै मेरो उम्मेदवारी हो । प्रत्यक्ष कार्यकारी पदको निर्वाचन हुँदा संविधानलाई संशोधन गरी राष्ट्रपति प्रत्यक्ष निर्वाचन प्रणालीबाटै छान्नु अझै उपयुक्त हुन्छ ।

त्यसमा पनि हरेक सातवटै प्रदेश प्रमुख पनि प्रत्यक्ष जनताको भोटबाट छानिने संवैधानिक व्यवस्था तर्जुमा गरेर देशलाई राष्ट्र निर्माण प्रक्रियामा लैजान सबै ‘युवा’हरुले साथ दिनुपर्छ । यो अहिलेको व्यवस्था हटाउन र परिवर्तनको लागि हामी ‘युवा’हरु एकजुट हुन जरुरी छ ।

You might also like

Comments are closed.