नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सिद्धार्थ बैंकको विशेष अफर

काठमाडौं । Nepal Automobile Importers and Manufacturers Association (NAIMA) द्वारा आयोजना भइरहेकोNAIMA Nepal Mobility Expo 2026  मा बैकिङ पार्टनरका रुपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।

बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकका लागी ०.५ प्रतिशत सेवा शुल्क (Processing Fee) तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने अफर ल्याएको छ । उक्त विशेष योजना २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म (११–१६ अगस्ट २०२६) संचालन भइरहेको Expo अवधिभर लागू हुनेछ ।

सवारी साधन खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्ने छन् । यस योजनामार्फत ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै आफ्नो आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

You might also like

Comments are closed.