रसुवा । कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल हिमालय सीमापार वाणिज्य संघले जिल्ला कोभिड व्यवस्थापन केन्द्र रसुवालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संघका केन्द्रीय सदस्य छिरिङ फिन्जो लोप्चनले शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
सर्जिकल मास्क ३० हजार, एन नाइन्टी फाइभ मास्क २ हजार, व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) ४० सेट, सेनिटाइजर ६० लिटर, अक्सिमिटर ५० थान, फेस सिल्ड २ सय १० थान, सन ग्लास २० सेट र चस्मा २० थान हस्तान्तरण गरिएको लोप्चनले जानकारी दिए ।
संघद्वारा प्रदान गरिएको स्वास्थ्य सामग्री जिल्लामा कोरोना रोकथामका लागि केही राहत पुग्ने संघले विश्वास लिएको छ ।




Comments are closed.