ग्रीन डेभलपमेण्ट बैंकका ग्राहक र कर्मचारीलाई युआरएलको सेवामा विशेष छुट

पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले युनाइटेड रेफरेन्स ल्याबोरेटोरी (युआरएल)मा उपलब्ध प्रयोगशाला परीक्षण सेवामा विशेष छुट पाउने भएका छन् । यस सम्बन्धमा ग्रीन डेभलपमेन्ट बैंक लि. र युआरएलबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले युआरएलमा उपलब्ध हुने प्रयोगशाला परीक्षण सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका कर्मचारी तथा कर्मचारीका परिवारका सदस्यले २५ प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

उक्त सुविधा कास्कीको शिशुवा, हस्पिटलचोक, खुदी, बिरौटा, लेकसाइड, लमजुङको बेशीसहर र सुन्दरबजार, स्याङ्जाको पुतलिबजार र वालिङ, तनहुँको दुलेगौडा, बेलचौतारा र दमौली, बागलुङ, नवलपुरको कावासोती शाखास्थित युआरएलको शाखा कार्यालयबाट समेत प्राप्त गर्न सकिनेछ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी र युआरएलका अध्यक्ष ठाकुर प्रसाद पन्थले हस्ताक्षर गरेका छन् ।

You might also like

Comments are closed.

Secret Link