२ हजार तारजाली वितरण

त्रिशूली । विपद्ले पु¥यााएको जोखिम न्यूनीकरणको लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले दुई हजार तारजाली निःशुल्क वितरण गरेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि कार्यालयमार्फत जिल्लाको विभिन्न स्थानमा विपद्ले पु¥याएको क्षति रोक्न तथा थपक्षति हुन नदिन ती तारजाली वितरण गरिएको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईंले जानकारी दिए । उनका अनुसार आपत्कालीन प्रयोजनको लागि प्राप्त रु ४५ लाखमा खरिद गरिएको तारजाली सम्बन्धित वडा वा पालिकाको सिफारिस र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत अनुमोदन गराइ तारजाली वितरण गरिएको हो ।

“विपद्ले पु¥याएको क्षतिको रङ्गिन तस्वीरसहित प्रहरीको मुचुल्का र वडा वा पालिकाको सिफारिसको आधारमा प्रशासनसँगको समन्वयमा विपद्ले पु¥याएको क्षति रोक्न आवश्यकताको आधारमा तारजाली वितरण गरिएको छ ।” उनले भने, “सिफारिसको आधारमा सम्बन्धित स्थानका लाभग्राही उपभोक्ताले जाली राख्न जग खनेको र भर्न ढुङ्गा तयार गरेको स्थलगत अनुगमनबाट सुनिश्चित गराई तारजाली उपलब्ध गराइएको हो ।”

कार्यालयले निःशुल्क उपलब्ध गराएको तारजालीको प्रयोग प्रभावकारी बनाउन ढुवानीदेखि भर्नको लागि आवश्यक सबै सामग्री सम्बन्धित लाभग्राहीले गर्नुपर्ने प्रावधान राखिएको छ । उपलब्ध गराइएको तारजाली कुलो संरक्षणको लागि ६१६ , व्यक्तिगत घर संरक्षणको लागि ७३७ , विद्यालय संरक्षणको लागि २७५, बस्ती संरक्षणको लागि १६५, खानेपानीको मुहान संरक्षणको लागि ६०, मन्दिर संरक्षणको लागि ५०, माछा पोखरी तथा कुखुरा फर्म संरक्षणको लागि ७० र नेपाली सेनाको ब्यारेक तथा तालिम केन्द्र संरक्षणको लागि ५० थान तारजाली उपलब्ध गराइएको छ ।

थप दुई हजार तारजाली आवश्यक

निरन्तरको वर्षा, बाढीपहिरोका कारण पु¥याएको क्षतिको न्यूनीकरण तथा नियन्त्रणको लागि अझै थप दुई हजार थान तारजाली आवश्यक रहेको जलस्रोत तथा कार्यालयले जनाएको छ । बाढीपहिरो रोकथाम र पहिरो नियन्त्रणको लागि ५० भन्दा बढी स्थानबाट माग आएअनुसार गरिएको स्थलगत अनुगमनमा थप दुई हजार थान तारजाली उपलब्ध गराउन अत्यावश्यक देखिएको डिभजिन प्रमुख गुरागाईंले जानकारी दिए ।

“कार्यालयले पूर्वअनुमान गरेको भन्दा यो वर्ष धेरै स्थानमा विपद्ले क्षति पु¥याएकाले तारजालीको थप अभाव भएको छ । “उनले भने, “बाढीपहिरो रोकथाम र बस्ती संरक्षणको लागि थप दुई हजार थान तारजालीको लागि बजेट माग गरिएको छ ।”

थप तारजालीको व्यवस्था मिलाउन डिभिजन कार्यालय नुवाकोटले गत साता वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग रु ५० लाख बजेट तत्कालै उपलब्ध गराउन अनुरोधसहितको पत्राचार गरेको छ ।

कार्यालयले खोला तथा नदीले पु¥याएको कटान नियन्त्रण र बस्ती संरक्षण र सिँचाइ कुलो निर्माण तथा मर्मत सम्भारसहित नवीकरण ऊर्जा एवं ग्रामीण विद्युतीकरण विस्तारको कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

उक्त कार्य अन्तर्गत विपद्ले पु¥याएको क्षति रोक्न तथा नियन्त्रणको लागि तारजाली वितरण र यसको सही रुपमा सदुपयोग गराउन कार्यालयले गरेको भूमिकालाई जिल्ला विपद् व्यवस्थापन समितिले ‘उत्कृष्ट’ ठहर गरेको छ ।

You might also like

Comments are closed.