बिवाइडी बिक्री गरिरहेको साइमेक्सको सात वर्षे यात्रा

काठमाडौं । नेपालमा विद्युतीय गाडी बिवाइडी बिक्री वितरण गरिरहेको साइमेक्स इंक प्रालि सातौं वर्ष प्रवेश गरेको छ । प्रालिले आज छैटौं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा प्रालिका प्रवन्ध निर्देशक यमुना श्रेष्ठले सम्पूर्ण ग्राहक, नीति निर्माता, कर्मचारी, बैंक तथा वित्तीय संस्था, संचार क्षेत्र, पत्रकार लगायत सम्पूर्णमा आभार व्यक्त गरेकी छन् । ‘विगतमा जस्तै तपाईं सम्पूर्णको साथ र समर्थनको अपेक्षा गर्दछु । विद्युतीय सवारीसाधनको प्रयोग बढाउन तपाईंहरुको साथ र समर्थको अपेक्षा गर्दछु,’ उनी भन्छिन् ।

सन् २०१७ को मार्चका बिवाइडीका १० वटा गाडी भित्र्याएर प्रालिले व्यावसायिक सुरुवात गरेको थियो । ‘त्यो बेला विद्युतीय सवारी साधन प्रति हेर्ने दृष्टिकोण नै फरक थियो अझ त्यस माथि चाइनिज ब्राड भनेपछि जोकोहीले खरिद गर्न आँट नगर्ने अवस्था थियो । ४८ हजार डलर मा खरिद गरेको गाडी ८०र÷८५ लाख रुपैयामा बिक्री गर्दा पनि किन्ने ग्राहक पाउन नसक्ने अवस्था थियो । हामीले हरेस खाएनौं, विद्युतीय गाडीलाई स्थापित गर्नु भनेको हाम्रो जस्तो जलस्रोतको धनी देश र जलविद्युतको संभावना भएको देशको लागि अझै महत्वपूर्ण छ भन्ने कुरा बुझाउन हामी लाग्यौं । विस्तारै विभिन्न क्षेत्रमा स्थापित व्यक्तिहरुले इभी चढ्नुभयो । उहाँहरुको अनुभव र हामीले दिएको सेवाले उहाँहरुले पाएको सन्तुष्टिले हामीलाई सहज हुँदैछ । ७ वर्ष संघर्ष गर्दा नेपालको परिभेषमा पनि इभी धेरै प्रभावकारी रहेछ भन्ने कुराको स्थापित भएको छ,’ यमुना भन्छिन्, ‘इभीलाई स्थापित गर्नको लागि हामीले व्यक्तिदेखि सरकारका विभिन्न निकायको ढोका ढक्ढकाएका छौं । हामीले इभीलाई भित्रयाउँदै गर्दा उपभोक्ताका इभी प्रतिको धारणा सकारात्मक थिएन, राज्यको नीति अस्पष्ट थियो, सरकारको सहयोग थिएन । बिस्तारै सरकार सकारात्मक बन्यो । सरकारका निकाय आफैले केही स्याम्पलको रुपमा गाडी लिने काम भयो । यतिसम्म कि नाडाले समेत ‘अटो शो’ मा इभीका गाडी राख्नको लागि ठाउँ नदिएको अवस्था थियो । हामीले बिस्तारै सबैलाई बुझाउँदै गयौं र यस प्रतिको धारणालाई केही परिवर्तन गर्न सक्षम भएका छौं ।’

इभीप्रति राज्यको नीति कति सकारात्मक छ ? भन्ने प्रश्नमा यमुना भन्छिन्, ‘सरकारको नीतिको कुरा गर्दा २ वर्ष ४ पटकसम्म नीति परिवर्तन भएको छ । यसको आयातमा लाग्ने राजस्व, स्पेयर्स पार्टसमा लाग्ने राजस्वमा तादम्यता छैन । व्यापारीलाई, प्रयोगकर्तालाई जोखिमको अवस्था सिर्जना भएको छ । राजस्व बढाउँदा पनि निश्चित मात्रामा बढाउन सकिन्छ तर नीति नै स्थिर नहुने सोंच्नै नसकिने मात्रामा कर बढाउने काम भएको छ । एउटा सरकारले बढाउने, अर्कोले घटाउने भइरहेको छ । जे गर्नुछ एकै पटक गरे अस्थिर अवस्था नआउने र हामीले पनि सोही अनुसार योजना बनाउन सजिलो हुने थियो । हामी व्यवसायीसँग पनि छलफल गरेर नीति बनाउने काम गरेको भए राम्रो हुने थियो ।’

jutta mela

पछिल्लो समय फ्युलवेसका सवारी साधन भन्दा इभीप्रतिको आकर्षण तिव्र रुपमा बढेको उनले बताइन् । ‘तथापि नयाँ बस्तुले अगाडिदेखि नै प्रयोग गर्दै आएको बस्तुलाई विस्थापित गर्ने भन्ने कुरा सजिलो होइन समय लाग्छ नै । अर्को कुरा उपभोक्ताका आ-आफ्ना रोजाई पनि फरक फरक हुन्छन् । इभी भित्रका कमी कमजोरी होलान्, यसलाई सुधार गर्दै लैजान सकिन्छ तर इभीका ग्राहकहरुले राम्रो प्रतिकृया दिइरहनुभएको छ । कर नबढेको भए माग थेग्नै नसकिने अवस्थामा पुग्ने थियो । अर्को तिर ग्राहक पनि अर्को सरकार आएपछि कर घट्नसक्छ भन्ने आशामा बस्छन् । करको दायरा स्थिर भएको अवस्थामा प्रयोगकर्ता बढ्छन् । अहिले इभीमा बाढी नै आएको छ । यसलाई रोक्न कसैले सक्दैन,’ उनले भनिन् ।

You might also like

Comments are closed.